यस अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट कर दाताको रुपमा सम्मनित

७ मंसिर २०८१ 
 कर प्रर्णालीको सार, लगानीको आधार भन्ने नाराका साथ राष्ट्रिय कर दिवसको आवसर पारि भएको सप्ताह व्यापी कार्यक्रमको अन्तिम तथा समापन समारोहमा यस अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट कर दाताको रुपमा कर दाता सेवा कार्यालय तानसेन पाल्पाले सम्मान गरको छ । 
२०८१ साल मंसिर ७ गते घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पामा भएको कार्यक्रममा प्रमुख अतिथि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदी रहनु भएको थियो भने कार्यक्रम करदाता सेवा कार्यालय तानसेन पाल्पाका कर अधिकृत सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला भरका व्यवसायीहरु मध्य ३ उत्कृष्ट कर दातालाई सम्मान गरिएको उक्त कार्यक्रममा यस संस्थाले पनि आ. व. ०७९÷०८० मा २५ लाख भन्दा बढि कर भुक्तानि गरे वापत सम्मान प्राप्त गरेको हो भने सम्मान ग्रहण संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले गर्नु भएको थियो ।